कैलालीमा लागुऔषधसहित तीन जना पक्राउ

धनगढी- कैलालीमा लागुऔषधसहित दुई युवा एक युवती पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका–२ तेघरीका १९ वर्षीय रियाज मगर, सोहि ठाउँका २० वर्षीय रोशन गुरुङ र कञ्चनपुरको बेलडांडी गाउंपालिका–४ कि २० वर्षीया कबिता बस्नेत लागुऔषधसहित पक्राउ परेका हुन्। उनीहरुलाई शनिबार गोदावरी नगरपालिका –४ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

कबिता र रियाजलाई चेक गर्दा कबिताको साथबाट ५० ग्राम लागुऔषध फेला परेका थियो। रियाजले रोशनबाट लिएको बताएपछि प्रहरी उनको घरमा पुगेको थियो। रोशनको घरमा चेक गर्दा गोठबाट दुई ग्राम ८१० मिलिग्राम लागुऔषध फेला पारेपछि तिनै जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...