बैतडीकाे खानेपानीको मुहानमा ‘कोलिफर्म’ भेटियो

बैतडी- बैतडीका खानेपानीका मुहानहरूमा दिसामा भेटिने कीटाणु कोलिफर्म भेटिएको छ । स्वास्थ्य कार्यालय बैतडीले जेठ र असारमा गरेको नमूना संकलन तथा परीक्षणमा अधिकांश खानेपानीका मुहानमा उक्त कीटाणु भेटिएको हो । संकलन गरिएको नमूना मध्ये ५० प्रतिशत बढी मुहानहरुमा कोलिफर्म भेटिएको छ ।

Ganyapdhura gau

नियमित रुपमा प्रयोग गर्दै आएका खानेपानीका मुहान, धारा र ट्याङ्कीबाट नमूना संकलन गरि परीक्षण गर्दा दिसामा हुने कीटाणु कोलिफर्म भेटिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रसाद भट्टले जानकारी दिए । मुहान सफा गर्नुपर्ने, पानी शुद्धिकरण गरेर मात्रै पानी पिउन आग्रह गरिएको उनले बताए ।

Navadurga sun
Godawari sandesh

‘जिल्लाका सबै पालिकाबाट स्थानीयले नियमित प्रयोग गर्दै आएका २६९ पानीका मुहानबाट नमूना संकलन गरि परीक्षण गरेका थियौँ’ भट्टले भन्नुभयो ‘ति मध्ये १३६ ओटा मुहानको पानी पिउन योग्य छैन । ५० दशमलव ८ प्रतिशत दूषित छ ।’

Dadeldhura hospital

दशरथचन्द नगरपालिकामा ३४ ओटा मुहानको नमूना संकलन गरि परीक्षण गर्दा ११ ओटा खानेपानीका मुहानमा कोलिफर्म भेटिएको छ । पुर्चौडीमा ३० मध्ये १२, पाटनमा २९ मध्ये १३, मेलौली नगरपालिकामा ३१ मध्ये १७ खानेपानीका मुहानमा उक्त कीटाणु भेटिएको स्वास्थ्य कार्यालय प्रमुख भट्टले जानकारी दिए ।

यस्तै पञ्चेश्वरका १८ मध्ये १४, शिवनाथका १८ मध्ये १२, सिगासका ३७ मध्ये १०, सुर्नयाका २४ मध्ये १७ दोगडाकेदारका २७ मध्ये १८ र डिलाशैनि गाउँपालिकाका २१ ओटा खानेपानीका मुहानबाट नमूना संकलन गरि परीक्षण गर्दा १२ ओटा पानीका मुहानमा कोलिफर्म भेटिएको हो ।

खानेपानीका मुहान वरिपरि सरसफाइ तथा उचित किसिमको ढल निकास नहुँदा ढलको पानी मुहानमा मिसिन गइ दूषित हुने गर्दछ । पानीको मुहान, इन्टेक र धाराहरूलाई नियमित सरसफाइ गर्न आवश्यक रहेको उनले बताए ।

दूषित पानीको प्रयोगले झाडापखाला, टाइफाइड, हैजा र आँउ जस्ता विभिन्न सरुवाको रोगको संक्रमण बढ्ने भएकाले उमालेर तथा फिल्टर गरेर मात्रै खानुपर्ने पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदन सिंह महराले बताए ।

 

Loading...