कञ्चनपुरमा लागुऔषधसहित पाँच जना पक्राउ

कञ्चनपुर- कञ्चनपुरमा लागुऔषधसहित पाँच जना पक्राउ परेका छन्। जिल्लाको पुनर्वास नगरपालिका (ङ) गाउँबाट पुनर्वास–५ का २८ वर्षीय कृष्णप्रसाद बडुसहित दुईजनालाई प्रहरीले शुक्रवार दिउँसो पक्राउ गरेको हो। उनीहरुलाई ५४० मिलिग्राम लागुऔषधसहित पक्राउ गरेको जनाएको छ।

अस्थायी प्रहरी पोष्ट आई.बि.आर.डि.कञ्चनपुरबाट खटिइएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा उनीहरुको साथबाट लागुऔषध फेला पारी पक्राउ गरेको हो।

Navadurga sun

यस्तै बेलौरी नगरपालिका–१० सडकघाटबाट दोधारा चाँदनीनगरपालिका वडा नम्वर–५ का २१ वर्षीय मनिष भण्डारीसहित तीनजनालाई शुक्रवार साँझ प्रहरीले पक्राउ गरेको छ।

उनीहरुलाई ३३० मिलिग्राम लागुऔषधसहित पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय बेलडाडी र प्रहरी चौकी भुडाबाट खटिईएको संयुक्त प्रहरी गस्ती टोलीले शंका लागि चेकजाँच गर्दा लागुऔषधसहित एकथान मोटरसाईकलसमेत पक्राउ गरी उनीहरुलाई नियन्त्रणमा लिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...