बैतडीका एक वडा सदस्य र स्थानीयबीच कुटाकुट

बैतडी- बैतडीको सुर्नया गाउँपालिका वडा नं ५ का वडा सदस्य करनसिंह विष्टले स्थानीयहरु माथि कुटपिट गरेको भिडियो भाइरल भएको छ । महिला समूह बाट निर्माण गरिएको सिँचाइको योजना विषयमा विवाद हुँदा वडा सदस्य विष्ट कुटपिट गर्न उत्रिएका हुन् ।

Dadeldhura hospital

यतिमात्रै होइन वडा सदस्य विष्टले महिलाहरूलाई गालीगलौज समेत गरेको छ । यसरी जनप्रतिनिधिहरूले तल्लो स्तरको हर्कत गर्न थालेपछि चर्को आलोचना भइरहेको छ ।

Navadurga sun
Godawari sandesh

महिला समूहले काम गरेको भए पनि योजनाको पैसा समेत वडा सदस्य विष्टले नै मागेको खुलेको छ । महिला समूहका सचिव बाट उनले पैसा लगेको र उक्त पैसाको हिसाब नै नबुझाएको पाइएको आरोप छ ।

 

Loading...