कुटपिट गरी आफ्नै नातीको हत्या गरेको अभियोगमा हजुरबुवा पक्राउ

बैतडी- आफ्नै नाती दुई वर्षीय रेशम साउँदको हत्या गरेको अभियोगमा पुर्चौडी नगरपालिका-६ मुरेलीधार बस्ने ५० वर्षीय गणेश साउँदलाई प्रहरीले पक्राउ गरेको छ । गणेशले रेशम र अर्का ८ वर्षीय नाती रिजन साउँदलाई कुटपिट गर्दा गम्भीर घाइते भएका रेशमको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएका छ।

Ganyapdhura gau
Dadeldhura hospital

घाइते रिजनलाई सोही अस्पताल हुँदै थप उपचारको लागि मायामेट्रो अस्पाताल धनगढी पठाइएको छ । घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय र अस्थाई प्रहरी पोष्ट टोल्यामोडबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न गणेशलाई बिहीबार पक्राउ गरेको हो।

Navadurga sun
Godawari sandesh

हेरचाह गर्न हजुरबुवासँग छोडेर आमा र हजुरआमा घाँस काट्न गएको बेला साउदले नातीहरुलाई निर्घात कुटपीट गरेका थिए । आरोपित साउदको मानसिक अवस्था ठिक नभएको बुझिएको छ । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Loading...