पश्चिम सेती जलविद्युत् आयोजनाको विद्युत् गृहका लागि जग्गा दिने निर्णय

कैलाली- सरकारले पश्चिम सेती जलविद्युत् आयोजनाको विद्युत् गृहमा रहने संरचना निर्माण गर्न जग्गा दिने निर्णय गरेको छ। असार २६ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सुनाउँदै सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यस्तो बताएकी हुन् ।

संरचना निर्माण कार्यका लागि बझाङ जिल्ला, तलकोट गाउँपालिका वडा नम्बर २ र ३ स्थित करिब ७ हजार ३१९ वर्गमिटर जग्गा प्राप्ति गर्न स्वीकृति दिने निर्णय गरेको हो ।

Navadurga sun

सुदूरपश्चिम प्रदेशको डडेल्धुरा, डोटी, बैतडी र बझाङ जिल्लामा निर्माण हुने आयोजनाबाट पश्चिम सेतीबाट ७५० मेगावाट विद्युत् उत्पादन हुनेछ । ६ दशक अघिदेखि चर्चा हुन शुरू गरेको पश्चिम सेती जलविद्युत् आयोजनाबाट यसअघि चिनियाँ कम्पनी थ्री गर्जेजले हात झिकेको थियो।

प्राविधिक, पुनर्वास,पुनःस्थापना लगायत विषय देखाउँदै थ्री गर्जेजले यो परियोजना अघि बढाउन २०७५ भदौमा अनिच्छा देखाएको थियो।झण्डै तीन दशकअघि नै अस्ट्रेलियन कम्पनी स्मेकले यो परियोजना अघि बढाउन अनुमति लिएको थियो।

तर, १७ वर्षसम्म इजाजतपत्र ओगटेर बसेको कम्पनीले काम अगाडि नबढाएपछि सरकारले इजाजतपत्र रद्द गरेको थियो। २०६८ सालमा चिनियाँ कम्पनी थ्री गर्जेजले यो आयोजना अघि बढाउन अनुमति पाएको थियो। तर, थ्री गर्जेजले पनि काम अघि नबढाएपछि लगानी बोर्ड नयाँ लगानीकर्ताको पर्खाइमा थियो।

 

 

ADD Khali jpg
ADD Khali jpg
Loading...