महेन्द्रनगर- कञ्चनपुरमा एक जना होटेल सञ्चालकमाथि कुटपिट भएको छ । जिल्लाको बेलौरी बजारमा रहेको फेमिली रेस्टुरेन्टका सञ्चालक सुरेशकुमार बडायकमाथि धारिलो हतियारले कुटपिट भएको हो । उनले बिहीबार राती सामाजिक सञ्जालमा एक भिडियो हाल्दै आफूलाई कुटपिट भएको बताएका छन् ।




भिडियोमा उनले बबिन भट्ट भन्ने व्यक्तिले पिटेको आरोप लगाएका छन् । बडायकको निधारमा गहिरो चोट लागेको छ । उनले अस्पतालको शैय्याबाटै सामाजिक सञ्जाल फेसबुकमा हालेको छोटो भिडियोमा आरआइटी र सिआइबीको टिमले कुटपिट गरेको बताएका छन् ।


रातिको समयमा अचानक ‘‘केही अराजक तत्त्व डिआइजीको मान्छे’’ भन्नेले साङ्घातिक हमला गरेको र बेलौरी इलाका प्रहरी कार्यालयले पनि कुनै सुनुवाइ नगरेको आरोप लगाएका छन् । घटनाबारे जानकारी आएको र अनुसन्धान सुरु भैसकेको प्रहरी बताएको छ ।

