गोदावरी नगरपालिकाद्धारा नयाँ भवनमा पुजा, शाखाहरु सारिने

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले नयाँ निर्माण भइरहेको भवनमा पूजापाठ गरेको छ । गोदावरी नगरपालिका–२ मा रहेको उक्त भवनमा नगरप्रमुख वीरेन्द्रबहादुर भट्टले कार्यस्थलमा पूजापाठ गरेका हुन् । अबको केही दिन भित्रै भवनमा प्रवेश गरिने भएकाले पूजापाठ गरिएको नगरप्रमुख भट्टले बताए ।

उनले भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको र त्यसपश्चात् लामो समयसम्म भवन प्रवेश गर्ने साइत नभएकाले पण्डितलाई बोलाएर पूजापाठ गरिएको बताए । ‘मूल पूजा हाम्रो माघ ४ गते हुन्छ, सोही दिन सम्भवत भवनको उद्घाटन पनि गर्ने र हस्तान्तरण पनि लिने योजना छ,’ उनले भने, ‘साउनमा प्रशासनिक कार्यका लागि सर्नुपर्ने र आज शुभ साइत भएकाले सामान्य पूजापाठ गरिएको हो ।’

Navadurga sun

उनले अब नगरपालिकाका केही शाखाहरूलाई नयाँ भवनमा सारिने समेत बताए । ‘अब यहाँ सुरक्षाका दृष्ट्रिकोणले पनि केही शाखाहरू राखिन्छन’ उनले भने ‘हाल नागरिकसँग खासै नजोडिएका शाखाहरू यहाँ आउँछन ।’

उनले आर्थिक वर्षको पहिलो महिनामा खासै कामहरू पनि नहुँने भएकाले शाखाहरू नयाँ भवनमा सारिने बताए । नगरप्रमुख भट्टले कागजातमा हस्ताक्षर गर्दै नयाँ भवनबाट कार्यको थालनी समेत गरेका थिए ।

ADD Khali jpg
Loading...