धनगढीमा भन्सार छलीका सामानसहित एक महिला पक्राउ

धनगढी- धनगढीमा भन्सार छलीका सामानसहित एक महिला पक्राउ परेकी छन्। धनगढी उपमहानगरपालिका–३ मा बिभिन्न स्थानहरुबाट अबैध भन्सार छली गरि ल्याएका अन्दाजी ४४ हजार ५ सय मुल्य बराबरको चिनी, तेल, प्लाष्टिक झिल्ली, बिडी, सुर्ती लगायतका सामानसहित जानकी बोहरा पक्राउ परेकी हुन्।

गोदावरी नगरपालिका–१ की ३५ वर्षीय बोहरालाई बुधवार साँझ प्रहरी गस्ती टोलीले फेला पारी उनलाई नियन्त्रणमा लिएको हो।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...