बहुविवाहको आरोपमा वडाध्यक्ष पक्राउ

 

Dadeldhura hospital

महोत्तरी- महोत्तरीको भंगहा नगरपालिका-४ का वडाध्यक्ष गणेश महतोलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार उनलाई बहुविवाह आरोपमा मंगलबार बेलुका पक्राउ गरिएको हो ।

जेठी श्रीमती ललितादेवी महतोले मंगलबार दिएको जाहेरीको आधारमा वडाध्यक्ष महतोलाई नियन्त्रणमा लिइएको डीएसपी दिलीपकुमार गिरीले जानकारी दिए । उनीमाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।

 

Godawari sandesh
Navadurga sun
Loading...