कैलालीको गोदावरी नगरपालीकाका मुख्य सडकमा आधुनिक सडकबत्ति जडानका लागी सम्झौता

अत्तरिया- कैलालीको गोदावरी नगरपालीकाका मुख्य सडकहरुमा आधुनिक सडकबत्ति जडानका लागी सम्झौता भएको छ । गोदावरी नगरपालीका क्षेत्रमा रहेका मुख्य सडकहरुमा आधुनीक सडकबत्ति जडानकालागी गोदावरी नगरपालीका र नेपाल विद्युत प्राधिकरणबिच गत असार ७ गते सम्झौता भएको हो । सम्झौता अनुसार नगरपालीका क्षेत्रभित्रका मुख्य सडकहरुमा नगरपालीका र विद्युत प्राधिकरणको संयुत्त लगानीमा सडकबत्ति जडान हुने भएका छन् ।

Ganyapdhura gau

सडकबत्ति जडानमा ६५ प्रतिशत लगानी गोदावरी नगरपालीकाको हुनेछ भने ३५ प्रतिशत लगानी विद्युत प्राधिकरणको रहने सहमति पत्रमा उल्लेख गरीएको छ । आधुनीक सडक बत्ति जडानकालागी तीन करोड दुई लाख चालीस हजार ६८३ रुपैँया अनुमानित लागतको आँकलन गरीएको छ । सम्झौता अनुसार एक करोड ९६ लाख ५६ हजार ४४४ रुपैँया गोदावरी नगरपालीकाले व्यर्होनेछ भने बाँकी रकम नेपाल विद्युत प्राधिकरणले व्यहोर्ने छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

सम्झौतामा हस्ताक्षरपछी नगरपालीकाले व्यहोर्ने रकमको ५० प्रतिशत भुत्तानी गर्नुपर्ने सहमति बमोजीम ९८ लाख २८ हजार २०० रुपैँया नेपाल विद्युत प्राधिकरणलाई भुत्तानी भईसकेको गोदावरी नगरपालीकाको लेखा शाखाले जनाएको छ । बाँकी ५० प्रतिशत लागत रकम बोलपत्र मार्फत छनोट हुने व्यवशायीसंग करार सम्झौता गर्नुपुर्व नगरपालीकाले नेपाल विद्युत प्राधिकरणलाई उपलब्ध गराउनु पर्ने सहमति पत्रमा उल्लेख गरीएको छ ।
सडक बत्ति जडान कार्यकालागी प्रविधीको छनोट गर्ने, बोलपत्र दस्तावेज तयार गर्ने, खरीद कार्य सम्पन्न गर्ने तथा निर्माण कार्यको सुपरीवेक्षण गर्ने लगायतका कार्य विद्युत प्राधिकरणले नै गर्नेछ । सडकबत्तिको सञ्चालनबाट हुने विद्युत खपत बाफतको रकम नगरपालीकाले मासिक रुपमा प्राधिकरणलाई भुत्तानी गर्नुपर्ने सहमति पत्रमा उल्लेख गरीएको छ ।

आयोजना सम्पन्न हुँदा कुनै कारणले लागत रकम थप हुन गएमा सम्झौतामा उल्लेखित अनुपात अनुसार नगरपालीकाले विद्युत प्राधिकरणलाई उपलब्ध गराउनुपर्नेछ भने लागत कम हुन गएमा बाँकी रहेको रकम प्राधिकरणले नगरपालीकालाई फिर्ता गर्नेछ।

सहमति पत्रमा गोदावरी नगररपालीकाका तर्फबाट नगरप्रमुख विरेन्द्र भट्ट र प्रमुख प्रशासकीय अधिकृत बसन्त कुमार खत्रीले हस्ताक्षर गरेका छन् भने नेपाल बिद्युत प्राधिकरणका तर्फबाट उर्जा दक्षता तथा चुहावट नियन्त्रण विभाग प्रमुख श्रीराम पोखरेल, राष्ट्रिय सडक बत्ति प्रर्वद्धन आयोजना प्रमुख प्रमोद रिजाल र धनगढी वितरण केन्द्रका प्रमुख सुर्य नारायण मण्डलले हस्ताक्षर गरेका छन् ।

सो सम्झौता अनुसार मोहना-अत्तरिया ६ लेन सडकखण्ड अन्र्तगत गोदावरी नगरपालीकाको सिमानादेखी अत्तरिया चौराहसम्म र अत्तरियाकै महेन्द्रनगररोड स्थीत गोदावरी पुलदेखी पुर्वरोड स्थीत सशस्त्र प्रहरीको कार्यालयसम्म गरी करिब साढे पाँच किलोमिटर सडकमा आधुनिक सडक बत्ति जडान हुने जनाईएको छ ।

Loading...