संघका नव निर्वाचित कार्यसमितीका सदस्यहरुले दिए मतदातालाई धन्यवाद

अत्तरिया- कैलालीको अत्तरिया उद्योग बाणिज्य संघमा निर्वाचित कार्य समितीका सदस्यहरुले मतदातालाई धन्यवाद दिएका छन। मंगलबार अत्तरिया बजार क्षेत्रका ब्यबसायी मतदातालाई भेटेर उनिहरुले धन्यवाद दिएका हुन् ।

संघको नयाँ नेतृत्वका लागि निर्वाचित अध्यक्ष कल्याण सिं बोहरा लगाएत सबै पदाधिकारी र सदस्यहरुले मतदाता प्रति आभार प्रकट गरेका हुन ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

यहि असार २३ गते भएको निर्बाचनमा मिना देउवा र कल्याण सिंह बोहराको दुई प्यानल चुनाबी मैदानमा थिए भने कवि राज भट्ट एकल रुपमा अध्यक्षमा उम्मेदवार बनेका थिए ।

अध्यक्ष सहित बोहराको प्यानलबाट उपाध्यक्ष (बस्तुगत) पदमा चेतराज पन्त महासचिवमा शंकर खड्का, कोषाध्यक्षमा हेमराज भण्डारी, सचिवमा दिपिन कुमार साउँद, सदस्य पदमा रमेश भट्टराई, ज्ञानेन्द्र खडका, बम बहादुर बोगटी निर्वाचित भएका छन् ।
त्यस्तै देउवा प्यानलबाट बरिष्ठ उपाध्यक्ष (उद्योग) पदमा दलबहादुर खड्का, उपाध्यक्ष (उद्योग) पदमा फागुराम चौधरी र सदस्यमा बालकृष्ण ओझा निर्वाचित भएका छन् ।

अब केही दिनमा नयाँ कार्य समितीको सपथ हुने बताईएको छ । निर्बाचनले आगामी २ बर्षको लागि नेतृत्व चयन गरेको हो । हरेक २ बर्षमा हुनुपर्ने संघको अधिवेशन ५ बर्षपछि भएको थियो ।

Loading...