कैलालीमा लागुऔषधसहित २ जना पक्राउ

धनगढी- कैलालीमा लागुऔषधसहित २ जना पक्राउ परेका छन्। जिल्लाको टीकापुर नगरपालिका वडा नम्बर–३ शंकरपुर का ३४ वर्षीय राम सेवक चौधरीलाई सोमवार पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले शंकरपुर स्थित सडक खण्डमा शंकास्पद रुपमा हिडीरहेको अवस्थामा फेलापारी चेकजाँच गर्दा दाँहिने हातको मुठ्ठी भित्र लुकाई छिपाई राखेको ७९० मिलिग्राम लागुऔषध फेला पारी उनलाई पक्राउ गरेको हो।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

यस्तै कैलालीको भजनी नगरपालिका वडा नम्बर–५ को कौवाखेडामा वि.ओ.पि पगियाप्रसारबाट खटिएको सशस्त्र प्रहरी नरेश चन्दको टोलीले २५ वर्षीय दिनेश साउदलाई सोमवार पक्राउ गरेको छ।

भारतबाट मोटरसाइकलमा नेपाल आउदै गर्दा कौवाखेडामा शंकालागि चेकजाच गर्दा साउदको हाप पाईन्टको खल्तिमा लुकाईछिपाई राखेको ९.९१ मिलिग्राम खैरो हिरोईन फेलापारी नियन्त्रणमा लिइएको जनाइएको छ।

साउदलाई इलाका प्रहरी कार्यालय पठाएको सशस्त्र प्रहरी बल नेपाल गुलरियाघाट बि.ओ.पि.का डि.एस.पी पृथ्वीराज बोगटीले जानकारी दिए।

 

Loading...