अत्तरिया- कैलालीको अत्तरिया उधोग बाणिज्य संघको अध्यक्षमा पराजित मिना देउबाले मतदातालाई धन्यबाद दिएकी छन । उनको समुहले आज अत्तरिया बजार क्षेत्रका ब्यबसायीहरुलाई भेटेर धन्यबाद तथा आभार ब्यक्त गरेको हो ।



निर्बाचनमा हार जित स्वभाबिक भएपनी ब्यबसायीहरुको अथाह माया पाएको उनको समुहको दाबी रहेको छ । असार २३ गते भएको निर्बाचनमा अध्यक्ष की उम्मेदवार देउबा २४ मतले पराजित भएकी हुन ।


उनको समुहबाट बरिस्ट उपाध्यक्षमा दलबहादुर खड्का, उपाध्यक्षमा फागुराम चौधरी र सदस्यमा बालकृष्ण ओझा निर्बाचित भएका थिए । चुनावमा दुई प्यानल प्रतिस्पर्धामा थिए । अध्यक्षमा कल्याण सिं बोहरा निर्बाचित भएका थिए भने महासचिबमा बोहरा समुह कै शंकर बहादुर खड्का निर्बाचित भएका थिए ।