टीकापुर–धनगढी सडक यात्राको दूरी घट्यो

टिकापुर- टिकापुरदेखि धनगढीसम्म सडक यात्राको दूरी घटेको छ। हुलाकी राजमार्ग अन्तर्गत कान्द्रा नदीमा पुल सञ्चालनमा आएपछि सडक यात्राको दूरी घटेको हो।

Ganyapdhura gau

यसअघि टीकापुर–धनगढी ओहोरदोहोर गर्नेले पूर्वपश्चिम राजमार्ग हुँदै करिब सय किलोमिटर यात्रा तय गर्नुपर्नेमा अब ६५ किलोमिटर मात्रै यात्रा गर्नुपर्ने भएको छ। भजनी नगरपालिका वडा नं. ५ र ७मा पर्ने कान्द्रा नदीमा झन्डै १२ वर्षपछि पुल तयार भएको छ।

Navadurga sun
Godawari sandesh

कान्द्रा नदीमा पुल नहुँदा हुलाकी राजमार्गको सत्ती–भजनी–धनगढी सडक खण्डमा गाडी सञ्चालन हुन सकेको थिएन।एक साता यता सार्वजनिक बस, निजी सवारी साधन र साना अन्य सवारीका साधन समेत सञ्चालन भइरहेका छन।

पुल निर्माणको काम भने अझै सकिएको छैन। हुलाकी राजमार्ग आयोजना योजना कार्यालय धनगढीका सूचना अधिकारी दीपक सुनारले अझै १० प्रतिशत पुल निर्माणको काम बाँकी रहेको बताए।

Dadeldhura hospital

उनले पुल निर्माणको काम बाँकी रहे पनि सवारी साधन सञ्चालन हुँदा कुनै समस्या नहुने बताए। पुल निर्माणको केही काम अझै बाँकी नै छ’ उनले भने–‘तर सवारी साधन सञ्चालनले कुनै समस्या भने हुँदैन।’

यो पुल २०६८ जेठमा बिरुवारलामारशेर्पा साल्भा जेभी निर्माण कम्पनीसँग सम्झौता भई निर्माण सुरु भएको थियो। पुलको लागत ३ करोड ४५ लाख २० हजार रुपैयाँ रहेको छ।

निर्माण सुरु भए यता पटक–पटक निर्माण कम्पनीले काम छोडेर जाने गरेका कारण पुल बन्नेमा शंका गरिरहेका स्थानीयहरू कान्द्रा नदीमा पुल बनेपछि खुसी छन्।‘कहिले काम गर्ने, कहिले भाग्ने गरेकै कारण पुल बन्न १२ वर्ष लाग्यो’ स्थानीय खेमराज पाण्डेले भने ‘पुल बन्नेमा पूरै शंका थियो, जेहोस् ढिलै भए पनि पुल बनेको छ, यसले हुलाकी राजमार्गबाट धनगढीसम्म जान आउन सहज हुनेछ।’

कान्द्रा नदीमा पुल नहुँदा भजनीका स्थानीयहरू पालिका केन्द्रसम्म आउनका लागि दैनिक पैसा खर्च गर्दै आएका थिए। वर्षा याममा डुंगा र हिउँदमा अस्थायी काठे पुलबाट वारपार गर्न स्थानीयले प्रत्येक पटक ४० देखि ८० रुपैयाँसम्म टिकट काट्नु पर्दथ्यो।

पुल निर्माण भएपछि स्थानीय समेत निकै खुसी भएका छन। उनीहरुले नुन तेल किन्न समेत सहज भएको बताए। भजनी नगरपालिका वडा ७ का पवित्रा बुढाले खुसी व्यक्त गरिन। ‘नुन तेल लिन भजनी बजार जानका लागि पनि पैसा तिर्ने गरेका थियौं’ उनले भनिन्–‘पुल बनेपछि अब सहज हुने भयो।’

यो पुलले टीकापुर र धनगढीको सडक यात्राको दूरी मात्रै घटाएको छैन। धनगढी–नेपालगन्ज ओहोरदोहोर गर्नेहरूलाई समेत सहज बनाएको छ। पूर्वपश्चिम राजमार्ग भन्दा हुलाकी राजमार्गको दूरी कम छ। पूर्वपश्चिम राजमार्गमा बर्दिया राष्ट्रिय निकुञ्ज समेत पर्ने भएकाले धेरैले हुलाकी राजमार्ग मार्फ ओहोरदोहोर गर्न थालेका छन। नागरिकबाट

 

Loading...