४० तोला सुनसहित विमानस्थलबाट चौधरी पक्राउ

काठमाडौं- कतारबाट आएका सुर्खेतका कृष्णबहादुर चौधरी ४० तोला सुनसहित पक्राउ परेका छन्। कतार एयरको ६५२ नम्बरको उडानबाट आइतबार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका चौधरीको साथबाट भन्सार कार्यालयका कर्मचारीले ४० तोला सुन फेला पारेको हो।

Ganyapdhura gau
Dadeldhura hospital

लगत्तै भन्सार कार्यालयका अधिकारीले प्रहरीलाई खबर गरेको थियो। भन्सार जाँचका क्रममा चौधरी सुनसहित पक्राउ परेको प्रहरीले पुष्टि गरेको छ।

Navadurga sun
Godawari sandesh

उनले लुकाई छिपाई सुनका चार वटा विस्कुट ल्याएका थिए। बरामद सुन चौधरीकै हो वा उनी भरियामात्र हुन् भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरी स्रोतले बताएको छ।

Loading...