शिअ क्वानका च्याम्पियन टिम तथा पदक विजेता खेलाडीलाई सम्मान

धनगढी– तेस्रो अन्तर क्वान खुला राष्ट्रिय उसु प्रतियोगिताको च्याम्पियन टिम तथा खेलाडीलाई धनगढीमा सम्मान गरिएको छ। नेपाल उसु महासंघ सुदूरपश्चिम प्रदेश कमिटीले च्याम्पियन टिम शिअ उसु क्वानसहित उत्कृष्ट, उदयमान तथा पदक विजेता खेलाडीलाई सम्मान गरेको हो। शुक्रबार काठमाडौंमा सम्पन्न तेस्रो अन्तर क्वान खुला राष्ट्रिय उसु प्रतियोगितामा चार स्वर्ण र सात रजत पदकसहित शिअ क्वान च्याम्पियन टिम बनेको थियो।

स्वर्ण पदक पाउनेमा अलिसा खाती, अस्मिता गाहामगर, पुष्पा कुँवर र मुकेश कार्की रहेका छन् भने रजत पदक पाउनेमा मन्जु धामी, सृजना रखाल मगर, सुवास बुढा, हरिचन्द्र कार्की, अलिसा खाती, पुष्पा कुँवर र दिपक चौधरी रहेका छन् भने दिपिका चौधरी काश्य पदक विजेता बनेकी थिइन्।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

प्रतियोगितामा काठमाडौँ उसु क्वान दोस्रो भएको थियो। दोस्रो भएको काठमाडौँ उसु क्वानले चार स्वर्ण र तीन रजत पदक जितेको थियो भने तेस्रो भएको निन्जा उसु क्वानले समान तीन स्वर्ण र तीन रजक पदक हात पारेको थियो।

शीर्ष तीन स्थान हात पार्ने टोलीले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ नगद पुरस्कार हात पारेका थिए। यसैगरी सान्सौंको पुरुषमा काठमाडौँका निश्चल तामाङ र महिलामा शिअकी अस्मिता गाहा मगर सर्वोत्कृष्ट खेलाडी चुनिएकी थिइन भने थाउलोमा शिअका ओमप्रकाश ओली र सान्सौंमा काठमाडौँका मिलन राई उदीयमान खेलाडी घोषित भएका थिए।

प्रतियोगितामा पदक विजेता खेलाडी तथा सहभागिलाई सम्मान गर्दै महासंघका प्रदेश अध्यक्ष दुश्यान्त बस्नेतले टीका लगाउँदै बधाई तथा आगामी दिनमा थप पदक विजेता बन्न खेलाडीलाई प्रोत्साहन गरेका थिए।

 

Loading...