कैलालीमा ४४ जनाले लिए नयाँ ऐन अनुसार नागरिकता

धनगढी- सरकारले हालै जारी गरेको नयाँ नागरिकता ऐनअनुसार कैलालीमा ४४ जनाले नागरिकता प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार बुवा आमाले जन्मको आधारमा लिएको नागरिकताको आधारमा तिनका सन्तानले नागरिकता लिएका हुन् ।

Dadeldhura hospital

जिल्ला प्रशासनको तथ्याङ्क अनुसार सुखडबाट १ जना महिला, टीकापुरबाट ४ जना महिला र १० पुरुष र धनगढीबाट ९ जना महिला र २० जना पुरुष गरी ४४ जनाले नागरिकता प्राप्त गरेका हुन् ।

Navadurga sun
Godawari sandesh

राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको नागरिकता विधेयक लागू गर्न मिल्ने गरी असार ७ गते सर्वोच्च अदालतले बाटो खुला गरेपछि नयाँ कानुनअनुसार नागरिकता वितरण भइरहेको हो ।

नयाँ कानुनअनुसार विशेष गरी जन्मका आधारमा नेपाली नागरिकता लिएकाका सन्तान र बाबुको पहिचान नखुलेका नेपाली आमाबाट जन्मेका सन्तानलाई नेपाली नागरिकता वितरण सुरु गरिएको थियो । गत जेठ १७ गते राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए ।

 

Loading...