कैलाली- सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कांग्रेस संसदीय दलको बैठक बसिरहेको छ । असार १ गते सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको थियो ।




बजेट आएको २५ दिनसम्म पनि प्रदेश सभा बैठकमा बजेट माथिको छलफल सुरु हुन सकेको छैन । कांग्रेसको नेतृत्वमा सरकार रहेपनि बजेटमा सबै भन्दा धेरै असन्तुष्टि कांग्रेसकै सांसदहरूले पोखिरहेका छन् ।


बजेटमाथिको गुनासो सम्बोधन गर्न मुख्यमन्त्री कार्यालयमा कांग्रेस संसदीय दलको बैठक सुरु भएको हो । भोलीबाट प्रदेश सभा बैठक सुरु गर्ने सभामुख भीम भण्डारीले तयारी गरिरहेका छन् ।
आज कांग्रेस संसदीय दलको बैठकले बजेटको समीक्षा गर्दै आगामी योजना पारित गर्ने बताइएको छ । संसदीय दलको बैठकमा उपस्थित सबै सांसदहरूलाई योजना र बजेट अध्ययनको लागि फायल समेत उपलब्ध गराइएको छ ।

