

धनगढी- कैलालीको धनगढीबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर २ त्रिनगरबाट दुई सय ७० मिलिग्राम लागुऔषधसहित विशालनगरका १८ वर्षिय आकाश थापा पक्राउ परेका हुन्। वडा प्रहरी कार्यालय, धनगढीको टोलीले उनलाई पक्राउ गरेको हो।
