डाेटीमा विषालु च्याउ खाँदा ११ जना बिरामी, डडेल्धुरा अस्पतालमा उपचार हुँदै

डडेल्धुरा- डोटीमा विषालु च्याउ खाँदा ११ जना बिरामी परेका छन् । दीपायल सिलगढी नगरपालिका वडा नम्बर ५ इन्द्रचोकका ११ जना बिरामी भएका हुन् ।

विषालु च्याउ खाएर बिरामी भएका सबैलाई उपचारका लागि डडेल्धुरा अस्पताल पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक राजेन्द्र धमलाले बताए । उनीहरूको अवस्था मध्यम रहेको धमलाले बताए ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...