प्रकाश बहादुर बोहरा अत्तरिया- कैलालीको अत्तरिया उद्योग बाणिज्य संघको अध्यक्षमा कल्यान सिंह बोहरा विजयी भएका छन् । नयाँ नेतृत्वकोलागि अध्यक्षमा बोहरा सहित मिना देउवा र कविराज भट्ट चुनाबी मैदानमा होमिएका थिए । बोहराले ५ सय ९४ मत पाए भने मिना देउवाले ५ सय ७० र कविराज भट्ट ७३ मत पाए ।




त्यस्तै संघको उपाध्यक्ष उद्योगमा दलबहादुर खड्का, उपाध्यक्ष वाणिज्यमा फागुराम चौधरी, उपाध्यक्ष वस्तुगतमा चेतराज पन्त, महासचिवमा शंकर बहादुर खड्का, कोषाध्यक्षमा हेमराज भण्डारी, सचिवमा दिलिप कुमार साउँद विजयी भएका छन् ।


यस्तै सदस्यमा रमेश भट्टराई, बम बहादुर बोगटी, ज्ञानेन्द्र खड्का र बालकृष्ण ओझा चयन भएका छन् । नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान भएको थियो । संघमा १५ सय ६३ सदस्य रहेकामा १३ सय १ जनाले मतदान गरेका थिए । अत्तरिया उद्योग बाणिज्य संघको निर्वाचनमा ८३ प्रतिशत मतदान भएको थियो ।


