



धनगढी- कैलालीको गोदावरीमा खहरे खोलामा बगेर एक बालिकाको मृत्यु भएको छ । गोदावरी नगरपालिका– १२ कुभिजालका भिमबहादुर खत्रीकी छोरी ६ बर्षीय गिता खत्रीको खोलाले बगाउँदा मृत्यु भएको हो । शुक्रबार स्कुलबाट फर्किने क्रममा खहरे खोलामा बगेर बालिकाको मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।


खोलामा बगेर बेपत्ता भएकी बालिकाको खोजी गर्दा बगेको स्थानबाट २ किलोमिटर तल शव फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरीक्षक डिएसपी गणेश बरालले बताए । बालिकाको शव पोष्टमार्टम पछि मृतकका आफन्तलाई बुझाइसकिएको प्रहरीले जनाएको छ ।





