बझाङ पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

बझाङ- पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा भएको छ । स्थानीय श्रोतको उपयोग स्वामित्व र सहभागीता पुर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता भन्ने मुल नाराका सात बझाङलाई शुक्रबार एक कार्यक्रमका विच पुर्ण खोप  सुनिश्चितता जिल्ला घोषणा गरिएको हो ।

केही बर्ष पहिला खोप नपाएका कारण दादुरा, रुबेला, पोलीयोजस्ता रोगले नाबालकहरुको ज्यान जाने गरेको यो जिल्लामा पछिल्लो समयमा भने बालमृत्युदरमा निकै कमी आएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

खोप नपाएकै कारण समाजमा कतीपय ब्यक्तीहरुका बंश नै नास भएको १३–१४ वटा बच्चा जन्माउदा समेत बल्ल तल्ल एक– दुईवटा बच्चा मात्रै बाँच्ने गरेको यो जिल्लामा खोप संचालनमा आएपछि मृत्युदरमा कमी आएको हो । सबैले खोप लागउन थालेपछि मृत्युदरमा कमी आएको कार्यक्रका सभाअध्यक्ष जिल्ला समन्वय समितिका प्रमुख नरबहादुर बोहराले बताए ।

जिल्लामा जन्म देखि १६ महिना सम्मका ४ हजार १ सय ५ बालबालिका साथै १६ महिना देखि पाच बर्ष मुनीका १० हजार ८ सय २९ बालबालिकाले लगाउनु पर्ने सबै खोप लगाई सकेको र खोप पाउनबाट बाट कुनै पनि गर्भवति महिला र बालबालिका वञ्चित नभएकोले जिल्ला पुर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिको स्वास्थ्य कार्यालय प्रमुख भानुभक्त जोशीले बताए ।

नेपाल सरकारको पुर्ण खोप सुनिश्चिता जिल्ला घोषणा गर्ने कार्यक्रम अन्तर्गत यस अगाडि जिल्लामा रहेको १२ वटै पालिकाले आ– आफ्नो पालिकालाई खोप सुनिश्चिता पालिका घोषणा गरेपछि जिल्ला घोषणा गरेको हो।

पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्ने सुदूरपश्चिमका जिल्लाहरु मध्यमा बझाङ जिल्ला पाचौँ स्थानमा परेको छ। यस अगाडि सुदूरपश्चिम प्रदेशमा डोटी पहिलो स्थानमा पूर्ण खोप सुनिश्चिता जिल्ला घोषणा भएको थियो । दोस्रोमा बैतडी, तेस्रोमा अछाम, चौथोमा डडेलधुरा जिल्ला र पाचौ स्थानमा बझाङ जिल्ला पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा भएको छ ।

Loading...