

अत्तरिया – कैलालीको अत्तरियामा रहेको अत्तरिया उधोग वाण्ज्यि संघको नयाँ नेतृत्व चयनकालागी मतदान सुरु भएको छ । गोदावरी नगरपालीका वडा नम्बर २ मा रहेको दुर्गालक्ष्मी नमुना मा वि मा बिहान ८ बजेदेखी मतदान सुरु भएको हो । ११ पदका लागि हुने निर्वाचनका लागि २३ जनाले उम्मेदवारी दिएका छन ।



संघको नयाँ कार्यसमितिको अध्यक्षका लागि ३ जना र उपाध्यक्ष (उद्योग), उपाध्यक्ष (वाणिज्य), उपाध्यक्ष (वस्तुगत), महासचिव, कोषाध्यक्ष, सचिवका लागि २र२ जनाले उम्मेदवारी दिएका छन । त्यस्तै संघको ४ जना सदस्यका लागि ८ जनाले उम्मेदवारी दिएका छन् । ३ जना अध्यक्षका उम्मेदवार रहेका छन् भने दुई प्यानल सहित चुनावी मैदानमा होमिएका छन् ।


अध्यक्षमा कल्याण सिंह बोहरा, मिना देउवा प्यानल सहित चुनावि मैदानमा छन भने कवि राज भट्ट एकल रुपमा अध्यक्षका उम्मेदवार छन् ।
अत्तरिया उद्योग वाणिज्य संघमा १ हजार ५६३ जना मतदाता रहेका छन ।

