कैलालीमा लागुऔषधसहित चार जना पक्राउ

Dadeldhura hospital

धनगढी- कैलालीमा लागुऔषधसहित चार जना पक्राउ परेका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका–१ भुरुवा जंगलबाट एक ग्राम लागु औषधसहित चारै जनालाई बिहीबार राती प्रहरीले पक्राउ गरेको हो।

ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिईएको प्रहरी टोलीले खानतलासी गर्दा लागुऔषध फेला पारी सोही ठाँउका २२ वर्षीय आकाश चौधरी, २१ वर्षीय प्रितम सोप, २१ वर्षीय बिमल शाही र २८ वर्षीय प्रोसेश सोपलाई पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Navadurga sun
Godawari sandesh
Loading...