



धनगढी- कैलालीको घोडाघोडी नगरपालिका–१ बेलकोटमा सर्पको टोकाई बाट एक बालिकाको मृत्यु भएको छ । सर्पको टोकाई बाट कमल खड्का की ९ वर्षीय छोरी नमुना खड्काको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडले जानकारी दिएको छ ।


बालिकालाई बिहीबार घरमै बिहानको समयमा सर्पले टोकेको थियो । सर्पले टोकेको थाहा पाए पछि आफन्तहरूले उपचारका लागी सेती प्रादेशिक अस्पतालमा पुर्याएका थिए । तर उनको उपचारको क्रममा राती नै मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।





