सुदूरपश्चिममा ६५ प्रतिशत रोपाइँ

धनगढी- सुदूरपश्चिम प्रदेशमा ६५ प्रतिशत धान रोपाइँ सकिएको छ। कृषि विकास निर्देशनालय सुदूरपश्चिम प्रदेशका अनुसार सुदूरपश्चिमको अन्न भण्डार मानिने कञ्चनपुर र कैलालीमा ७० प्रतिशत रोपाइँ सकिएको छ।

Ganyapdhura gau

नौ जिल्ला रहेको सुदूरपश्चिममा धान र गहुँ उत्पादन यी दुई जिल्लामा औसतमा बढी हुने गरेको छ। असारको तेस्रो साता आइपुग्दा कञ्चनपुर र कैलालीमा गरी ६५ प्रतिशत हाराहारी रोपाइँ सकिए पनि पूर्णरूपमा सकिन आगामी साउनको पहिलो सातासम्म लाग्ने बताइएको छ।

Navadurga sun
Godawari sandesh

कृषि विकास निर्देशनालयका सूचना अधिकृत केशवराज पाण्डेयले सुदूरपश्चिममा कुल एक लाख ७५ हजार सात सय ६३ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको जानकारी दिए। उनले यहाँ हरेक आइतबार रोपाइँ प्रगति विवरण निर्देशनालयमा आउने गरेको बताए।

Dadeldhura hospital

यहाँ कैलालीमा सबैभन्दा बढी ६७ हजार चार सय ३६, कञ्चनपुरमा ४८ हजार चार सय ९६, अछाममा १६ हजार पाँच सय ९०, बैतडीमा नौ हजार र बाजुरामा छ हजार नौ सय १५ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ।

त्यस्तै बझाङमा १० हजार तीन सय हेक्टर, डोटीमा छ हजार चार सय २६, दार्चुलमा चार हजार चार सय ८० र डडेल्धुरामा छ हजार एक सय २० हेक्टर क्षेत्रफलमा धानखेती गरिन्छ। यहाँ समयमा वर्षासँगै मलखाद उपलब्ध भए धानको उत्पादनमा वृद्धि हुने कृषि ज्ञान केन्द्र कञ्चनपुरका निमित्त प्रमुख हरिदत्त जोशीले बताए।

उनले कञ्चनपुरमा धानको उत्पादकत्व साढे तीन मेट्रिक टन प्रतिहेक्टर रहेको जानकारीसमेत दिए। कञ्चनपुरसँगै कैलालीको मालाखेती क्षेत्रको गरी कुल ३३ हजार पाँच सय हेक्टर क्षेत्रफल जमिनमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यसहित महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूल नहर निमार्णाधीन अवस्थामा छ।

यहाँ सङ्घ र प्रदेश सरकारका साथै स्थानीय तहले पनि धानखेती गर्ने किसानको सहजताका लागि कृषि औजार, सिँचाइ र धान पकेट क्षेत्रमा जोड दिँदै आएका छन्।

 

Loading...