

महेन्द्रनगर- कञ्चनपुर जिल्ला प्रशासन कार्यालयले राहदानी प्रदान गर्ने दैनिक सेवाको समय बढाउने भएको छ । आगामी आइतबारदेखि प्रशासनले आइतबारदेखि बिहीबारसम्म बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म र शुक्रबार बिहान ८ बजेदेखि ४ बजेसम्म राहदानी सेवा प्रदान गर्ने भएको छ ।




सार्वजनिक विदाका दिनमा भने सेवा बन्द रहने जिल्ला प्रशासन कार्यालयद्वारा प्रकाशित सूचनामा जनाइएको छ । साथै, अनलाइन फाराम भर्न नजान्ने सेवाग्राहीलाई प्रशासन कार्यालयमैं निशुल्क सेवाको व्यवस्थासमेत गरिएको सूचनामा उल्लेख छ ।



