महाकाली तेस्रो चरणको नहरमा परीक्षणका लागि भोली पानी छोडिने

धनगढी- महाकाली सिचाई आयोजनाले तेस्रो चरणको नहरमा परीक्षणका लागि पानी छोड्ने तयारी गरेको छ। आयोजनाद्वारा जारी एक सूचनामा भोलि शुक्रबार नहरमा पानी छोडिने जनाइएको हो। ब्रम्हदेवदेखि फुलैलीको घरकटुवासम्म नहरमा पानी छोडिने भएकोले सो क्षेत्रका वासिन्दालाई आफ्ना बालबालिका, चौपायालगायतको सुरक्षामा ध्यान दिन आयोजनाले आग्रहसमेत गरेको छ। निर्माण सम्पन्न भएको मूल नहरमा परीक्षण गरेर पानी सञ्चालनको तयारी भइरहेको आयोजनाका सूचना अधिकारी उमेश गुप्ताले बताए।

Ganyapdhura gau
Dadeldhura hospital

नेपाल-भारतबीच भएको महाकाली सन्धिअनुसार टनकपुर ब्यारेजदेखि नेपाली भूमिसम्म भारतले निर्माण गर्नु पर्ने एक हजार दुई सय मिटर नहर निर्माणको काम सम्पन्न भएको छ। सूचना अधिकारी गुप्ताका अनुसार १८ दशमलव ५ किलोमिटर मूल नहरको निर्माणको सम्पूर्ण काम सम्पन्न भएको छ । २९ माघ २०५२ मा नेपाल र भारतबीच महाकाली सन्धि भएको थियो। सन्धि भएको १० वर्षपछि आर्थिक वर्ष २०६३/०६४ देखि निर्माण थालिएको नहरमा पानी सञ्चालन हुने भएको हो।

Navadurga sun
Godawari sandesh

महाकाली सन्धि अनुसार नेपालले टनकपुर बाँधबाट नहरमार्फत वर्षायाममा २८.३५ घनमिटर प्रति सेकेन्ड तथा सुख्खा याममा ८.५० घनमिटर प्रति सेकेन्ड पानी पाउनुपर्छ। यो पानी उपयोग गर्नका लागि नेपालले एक सय ५२ किलोमिटर लामो मूल नहर, एक सय ७२ किलोमिटर लामो शाखा नहर र एक हजार २३ किलोमिटरको प्रशाखा नहर निर्माण गर्नु पर्नेछ।

Loading...