गेटा विश्वविद्यालयमा स्थापनार्थ वैदिक मन्त्रसहित होम

धनगढी- सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको अगाडी वैदिक मन्त्रसहित होम गरिएको छ। सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्याल स्थापनार्थ संघर्ष समितिले दबाबमुलक कार्यक्रम अन्तरगत बिहिवार बिहान होम गरेको हो।

संघर्ष समितिका संयोजक लोकराज पाण्डे (आगो) ले मेडिकल विश्वविद्यालयको विधेयक पास गरी यथाशीघ्र छ सय शैय्याको अस्पताल संचालनका लागि दबाब दिन वैदिक मन्त्रसहित होम गरिएको बताए। पाण्डेले विश्वविद्यालयको मुल गेट अगाडि ब्राह्मण मन्त्र सहितको होम गरिएको बताए।

Navadurga sun

सरकारले माघ २९ गते मन्त्रिपरषदको बैठकबाट गेटामा सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना घोषणा गरेर जेठ ५ को नीति कार्यक्रममा पनि समेटेको भएपनि जेठ १५ को बजेट भाषणमा गेटामा प्रतिष्ठान बनाएर एक सय शैय्याको अस्पताल चलाउने बताएपछि सुदूरपश्चिममा आन्दोलन सुरु भएको हो।

ADD Khali jpg
ADD Khali jpg
Loading...