गोदावरीमा झुन्डिएको अवस्थामा बालकको शव फेला

धनगढी- कैलालीमा झुन्डिएको अवस्थामा ९ वर्षिय बालकको शव फेला परेको छ। जिल्लाको गोदावरी नगरपालिका– ७ हरैया बस्ने भवन चौधरीका ९ वर्षिय छोरा पुन्टु चौधरीले झुण्डिएको अवस्थामा घरमै शव फेला परेको हो ।

Dadeldhura hospital

मंगलबार साँझ करिब ६ बजेतिर उनले आफ्नै एक तले दुई कोठे कच्ची घरको आफु सुत्ने कोठामा सलको पासोमा झुण्डिएको अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

bhagawat sav house

उनले प्रारम्भीक अनुसन्धानमा बुवा आमा सँग मोबाईल माग्दा नदिएपछि रिसको आवेगमा आई झुण्डिएर आत्महत्या गरेको खुल्न आएको बताए । घटनाको सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

 

 

Loading...