कञ्‍चनपुरमा जग्गाधनी पुर्जा वितरण सुरु, सबै पालिकामा नापी गरिँदै

कञ्चनपुर- राष्ट्रिय भूमि आयोग कञ्चनपुरले जिल्लामा अव्यवस्थित बसोबासीहरुलाई जग्गाधनी पुर्जा वितरण सुरु गरेको छ । पहिलो चरणमा कृष्णपुर नगरपालिकामा पुर्जा वितरण गरिएको हो ।

Ganyapdhura gau

आयोगले गत साता कृष्णपुर नगरपालिका वडा नं ७ का ६ अव्यवस्थित बसोबास भएका परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको हो । कृष्णपुर नगरपालिकामा अहिले वडा नं. ५, ६ र ७ मा नापीको काम चलिरहेको छ । नापीको काम सकिएका परिवारलाई जग्गाधनी पुर्जा वितरण गरिएको आयोगका जिल्ला अध्यक्ष देवेन्द्र ढुंगानाले बताए ।

Navadurga sun
Godawari sandesh

आयोगका अनुसार अहिले जिल्लाका ९ वटै स्थानीय तहमा नापीको काम चलिरहेको छ । हरेक पालिकामा दुई देखि तीन वडामा मात्रै नापी सकिएको छ । केही पालिकामा भने एउटा वडामा पनि नापी सकिएको छैन ।

Dadeldhura hospital

‘नापी सकिएको वडामा धमाधम पुर्जा वितरण गरिन्छ,’ अध्यक्ष ढुंगानाले भने, ‘हामीसँग जनशक्ति अभाव छ, स्थानीय तहहरुले जनशक्ति व्यवस्थापन गरिदिने आश्वासन दिएका छन्, त्यसपछि धमाधम काम हुन्छ ।’ उनका अनुसार जिल्लाभर अव्यवस्थित बसोबासका ७० हजार बढी निवेदन परेका छन् ।

दोधारा चाँदनी नगरपालिकामा एक वडामा मात्रै नापी सकिएको छ । भीमदत्त नगरपालिकामा वडा नं। ४ र १७ मा नापी सकिएको छ । बेदकोट नगरपालिकाका सबै वडामा नापी सकिएको छ ।

शुक्लाफाँटा नगरपालिकामा पनि दुई वडामा मात्रै नापी सकिएको छ । कृष्णपुरमा तीन वडामा नापीको काम चलिरहेको छ । बेलौरी र पुनर्वास नगरपालिकामा पनि दुईरदुई वडामा मात्रै नापीको काम सकिएको छ । यसैगरी बेलडाँडी र लालझाडी गाउँपालिकामा एकरएक वडामा नापीको काम सकिएको आयोगले जनाएको छ ।

‘नापी टोली खटाउनेदेखि व्यवस्थापनको सबै काम स्थानीय तहको हो,’ अध्यक्ष ढुंगानाले भने, ‘पालिकाले व्यवस्थापन गर्न सके मात्रै नापीको काम चाँडो हुन्छ ।’ नापी सकिएपछि छानबिन गरेर पुर्जा वितरण गरिने उनले बताए ।

कञ्चनपुरमा अव्यवस्थित बसोबासीका ७० हजार, भूमिहीन दलित, भूमिहीन सुकुम्बासीका ४५ सय र अधुरो काम ९नापनक्सा र फिल्ड बुक भएका र सेतो पुर्जा पाएका० ६५ सयले निवेदन दिएका छन् । पहिलो चरणमा अव्यवस्थित बसोबासीको छानबिन गरेर पुर्जा वितरणपछि भूमिहीन दलित र भूमिहीन सुकुम्बासी तथा अधुरो कामका निवेदनमाथि छानबिन सुरु हुने अध्यक्ष ढुंगानाले बताए ।

 

Loading...