अत्तरियामा एक पसलमा चोरी

धनगढी- कैलालीको अत्तरियास्थित एक पसलमा चोरी भएको छ। अत्तरियामा मंगलबार राती ईलाका प्रहरी कार्यालय मालाखेतीको अगाडी पट्टि नै रहेको स्थानीय यज्ञराज ओझाले सञ्चालन गरेको कलापतेश्वर किराना पसलमा चोरी भएको हो ।

Ganyapdhura gau
Dadeldhura hospital

ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक (डिएसपी) गणेश बरालले पसलको पछाडि पट्टि रहेको सटर खोलेर चोरले चोरी गरेको जानकारी दिए। उनले पसलको पछाडि पट्टिको सटर जाम भएको हुँनाले पसल सञ्चालकले खुलै छोड्ने हुँदा त्यो थाहा पाएकाले चोरी भएको बताए।

Navadurga sun
Godawari sandesh

राती करिब १ बजेतिर चोरी भएको हो ।’ उनले सो पसलको गोदामबाट भित्र छिरेर चोरले काउन्टरमा भएको करिब ३ लाख बराबर नगद रकम चोरी गरेको बताए। काउन्टरको चाबी समेत पसलमै रहेको देखिएको उनले बताए । पसलको सिसिटिभी क्यामेरामा चोरको अनुहार देखिएको र तीव्र गतिमा खोजी कार्य भइरहेको प्रहरीले बताएको छ।

 

Loading...