दरबन्दी भन्दा बढी स्वास्थ्यका कर्मचारी गोदावरी नगरपालिकाले फिर्ता पठाउने

अत्तरिया- कैलालीको गोदावरी नगरपालिकाले आर्थिक अभाव देखाउँदै दरबन्दी भन्दा बढी भएका तथा फाजिलमा रहेका स्वास्थ्य तर्फका कर्मचारीहरुलाई साउनदेखि तलब भत्ता खुवाउन नसक्ने जनाएको छ ।

नेपाल सरकारले आगामी आर्थिक वषदेखि स्वीकृत दरबन्दी भन्दा बढी कर्मचारीको तलब भत्ता दिन नसकिने उल्लेख गरेको र नगरपालिकाको आन्तरिक श्रोत पनि निकै कम भएको भन्दै नगरपालिकाले दरबन्दी भन्दा बढी भएका तथा फाजिलमा रहेका स्वास्थ्य तर्फका कर्मचारीहरुलाई तलब भत्ता खुवाउन नसक्ने जनाएको हो ।

Navadurga sun

साथै नगरपालिकाले २०८० असार मसान्तसम्म दरबन्दी भन्दा बढी भएका तथा फाजिलमा रहेका कर्मचारीहरुले आफ्नो व्यवस्थापन आफै गरि यस नगरपालिकालाई सहयोग गर्न आग्रह गरेको छ ।

नगरपालिकाले स्वास्थय तथा जनसंख्या मन्त्रालयलाई पत्र लेख्दै दरबन्दी भन्दा बढी भएका तथा फाजिलमा रहेका स्वास्थ्य तर्फका कर्मचारीहरुलाई मन्त्रालयमा फिर्ता पठाइएको जनाएको छ ।

ADD Khali jpg
Loading...