अत्तरिया- कैलालीको अत्तरिया उधोग बाणिज्य संघको नयाँ नेतृत्वको लागि हालका बरिष्ठ उपाध्यक्ष कल्यान सिँ बोहराले आफ्नो टिम घोषणा गरेका छन् ।


सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै आफ्नो टिम घोषणा गरेका हुन । उनको टिममा पुरानैको बाहुल्यता रहेको छ । जसको बरिष्ठ उपाध्यक्षमा हालका महासचिव यज्ञराज जोशीलाई राखिएको छ ।



उक्त टिममा उपाध्यक्ष पदमा देबराज भट्ट र चेतराज पन्त रहेका छन् । यस्तै महासचिवमा शंकर खड्का, कोषाध्यक्षमा हेमराज भण्डारी र सचिबमा दिपिन कुमार साउँदलाई रहेका छन् ।
पदाधिकारीमा भण्डारी मात्रै नंया अनुहार हुन । अरु सबै पुरानै कार्यसमितिमा रहेका छन् । यस्तै सदस्यमा सोही टिमबाट ज्ञानेन्द्र खडका, बम बहादुर बोगटी, मनोज सदाशंकर र रमेश भट्टराई रहेका छन् । टिम घोषणा सभामा काँग्रेसका प्रदेश सांसदद्वय प्रकाश बहादुर बम र तुलसी देबकोटाको पनि उपस्थिति रहेको थियो ।
यस अघि मिना देउवा नेतृत्वको टिम घोषणा भई सकेको छ । संघमा नंया नेतृत्वको लागि असार २३ गते निर्बाचन हुँदै छ । संघका १५ सय बढि मतदाता रहेका छन ।