कैलालीको अत्तरियामा २५ लाखको लगानीमा नमस्ते ब्याटमिन्टन इन्डोर कोर्ट निर्मित, भोली देखी सन्चालनमा आउने
अत्तरिया- कैलालीको अत्तरियामा नबनिर्मित नमस्ते ब्याटमिन्टन इन्डोर कोर्ट भोली देखी सन्चालनमा आउने भएको छ । नमस्ते होटेलले सुबिधा सम्पन्न खेल मैदान निर्माण गरेको हो । आज पत्रकार सम्मेलन गरेरे कोर्टको बारेमा जानकारी गराइएको हो ।



नमस्ते ब्याटमिन्टन इन्डोर कोर्टका सन्चालक लक्ष्मण धामीले करिब २५ लाखको लगानीमा अत्याधुनिक कोर्ट निर्माण गरिएको बताएका हुन् । उनले रास्ट्रिय स्तरमा बनेका कोर्टहरु कै मापदण्डमा बनाइएको दाबी गरे ।



निजी क्षेत्रबाट ठुलो लगानीमा ब्याटमिन्टन इन्डोर कोर्ट निर्माण भएको भएपनी स्थानिय सरकारले अब खेल क्षेत्रमा लगानी बढाउनु पर्ने उनको भनाई रहेको छ । सोही कार्यक्रममा बोल्दै गोदावरी-२ का वडा सदस्य एबम ब्याटमिन्टन खेलाडी देबराज भट्टले यस क्षेत्रमा ब्याटमिन्टन खेलको प्रभाब राम्रो हुँदै गएको र इन्डोर खेल मैदानको अभाब भएकाले अब सहज हुने बताए ।
उनले भने, ’बिगत केही बर्ष यता घर घरमा खेलाडीहरु कोर्ट बनाएर खेल्ने गरेका छन । अब यो मैदान बनेपछि सबै मौसममा खेल्न सहज हुन्छ । यसको बहुप्रयोग पनि गर्न सकिन्छ ।’ खेल मैदान बनेपछि यस क्षेत्रका खेलाडी र बिद्यालयले पनी खेल मैदान प्रयोग गर्न सक्ने सन्चालक धामीको भनाई रहेको छ ।
नम्स्ते होटेलकै अगाडी खेल मैदन बनेको हो । इन्डोर कोर्ट निर्माण भएपछि जाडो, गर्मी र हुरी बतासको समयमा पनि सधैं खेल्न सहज हुने भएको छ ।

