कैलालीमा लागुऔषधसहित २ जना पक्राउ

धनगढी- कैलालीमा लागुऔषध (खैरो हेरोईन) सहित दुई जना पक्राउ परेका छन्। जिल्लाको जानकी गाउँपालिका वाडा नम्बर ५ स्थित सडक बाट लागुऔषध (खैरो हिरोइन) सहित दुई जनालाई इलाका प्रहरी कार्यालयबाट सादा पोसाकमा खटिएको प्रहरीको टोलीले प्रक्राउ गरेको हो।

Dadeldhura hospital

विषेश सुचनाको आधारमा सडकमा हिनिरहेको अवस्थामा जानकी गाउँपालिका वाडा नम्बर ५ बस्ने बर्ष २२ का पुरन चौधरी र सोही ठाउँ बस्ने बर्ष २४ का अनिल चौधरीलाई चेकजाँच गर्दा निज पुरन चौधरीले लगाएको हाप पाईन्टको खल्तिमा लुकाई छिपाइ गरी कालो प्लास्टिकको पोकामा राखेको ३ थान नापतौल गर्दा प्लास्टिक बाहेक कुल तौल १६० मिलीग्राम लागुऔषध फेला परेको प्रहरीले जनाएको छ ।

Navadurga sun
Godawari sandesh

पक्राउ परेका उनीहरुलाई हिरासत कक्षमा राखि थप अनुसन्धान कार्य अघि बढाइएको ईलाका प्रहरी कार्यालय टिकापुरले जानकारी दिएको छ ।

Loading...