बैतडीमा घाँस काट्दै गर्दा लडेर महिलाको मृत्यु

Dadeldhura hospital

बैतडी- बैतडीमा घाँस काट्ने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ। शनिबार दिउँसो साढे ३ बजेतिर घाँस काट्ने क्रममा मादेव भिरबाट लडेर पाटन नगरपालिका–२ ठलकुडाकी ४० वर्षीया लक्ष्मी ऐरको मृत्यु भएको हो।

बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार ऐर लडेर २५० मिटर तल खसेकी थिइन्। घटनास्थलमै उनको मृत्यु भएको हो । मृतकका श्रीमान् रोजगारीको शिलसिलामा भारतमा छन्।

Navadurga sun
Godawari sandesh
Loading...