कृष्णपुर नगरपालिकाले पहिलो चरणमा वितरण गर्‍यो ६५ जनालाई जग्गाधनी पूर्जा

प्रकाशबहादुर बोहरा
अत्तरिया, २६ अषााढ- कञ्चनपुरको कृष्णपुर नगरपालिकाले जग्गा धनी दर्ता प्रमाण पूर्जा हस्तान्तरण तथा वितरण गरेको छ । कृष्णपुर नगरपालिकाको आयोजनामा शनिबार एक कार्यक्रमका बिच राष्ट्रिय भूमी आयोग जिल्ला समिति कञ्चनपुरबाट तयार गरिएको जग्गा धनी दर्ता प्रमाण पूर्जा हस्तान्तरण तथा वितरण कार्यक्रम गरेको हो ।

Navadurga sun
Godawari sandesh

कार्यविधि २०७८ बमोजिम तयार गरिएका जग्गाधनी पुर्जा शनिबार एक कार्यक्रमका बिच वडा नं. ७ का ६५ जनालाई बितरण गरिएको हो ।

उक्त कार्यक्रममा कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाको सभाध्यक्षमा संचालन भएको कार्यक्रमका प्रमुख अतिथी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका माननीय मन्त्री रन्जिता श्रेष्ठ चौधरी रहनु भएको थिइन ।

त्यस्तै कार्यक्रममा प्रमुख अतिथी रहनु भएकी माननीय मन्त्री चौधरीले सर्वप्रथम सबैलाई धेरै धेरै बधाई तथा शुभकामना दिन चाहन्छु । उनले भनिन्, ‘हिजो राती सुत्दा खेरी भोली हामीहरुले लालपूर्जा साँच्चिकै पाउँला कि नाई भन्दै सपना देख्दै देख्दै निदाउनु भएको होला ।’ ‘आज यहाँ आएर लालपूर्जा दिँदा तपाईहरुले पाउँदा खेरी तपाईहरुको मुहारमा जो खुशी देखेँ यो खुसी सम्पूणर् भूमीहीन, लालपूर्जा बिहिनको मुहारमा खुसी देख्ने मेरो सपना रहेको छ ।’

यस्तै कैलालीको बर्दगोरिया र घोडाघोडीमा लालपूर्जा वितरण गरी सकेर म याहाँ कञ्चनपुरको कृष्णपुर नगरपालिकामा लालपूर्जा वितरण गर्न पुगेको उनले बताइन् ।

Dadeldhura hospital

त्यस्तै नगरप्रमुख ओझाले भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि जुन जग्गाधनी पुर्जा तयार हुँदैछन् त्यसको राजस्व असाध्यै बढी भएको र नागरिकले त्यति महंगो राजस्व तिरेर जग्गाधनी पूर्जा लिन सक्ने अवस्था नगरेको कुरा भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री माननीय रन्जिता श्रेष्ठ चौधरीलाई यस बिषयमा पुर्नविचार गरि दिन भनि आग्रह गरेका छन् ।

नगरप्रमुख ओझाले यो सुरुवात मात्रै भएको र आगामी दिनमा जग्गाधनी पुर्जा वितरणको कामलाई तिब्रता दिने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

कार्यक्रममा बोल्दै कृष्णपुर नगरपालिकाकी नगर उप-प्रमुख द्रोपती रानाले यसरी जग्गा धनी पुर्जा प्राप्त गरेकोले अब व्यापार व्यवसाय गर्ने बाटो खुलेको बताइन । उनले भनिन्, ‘पहिलो चरणमा हामिहरुले ६५ जनालाई जग्गा धनी पूर्जा वितरण गरेका छौं।’ क्रमिक रुपमा अरु वडाहरुमा पनि वितरण कार्य जारी नै रहने उनले बताइन् ।

त्यस्तै बिशिष्ठ अतिथीमा सुदूरपश्चिम प्रदेशका माननीय दिपा चौधरी, कृष्णपुर नगरपालिकाकी नगर उप-प्रमुख द्रोपती राना, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका महानिर्देशक जनकराज जोशी, नापी विभागका महानिर्देशक जनक राज जोशी, राष्ट्रिय भूमि आयोग कञ्चनपुरका अध्यक्ष देवेन्द्रराज ढुंगाना, राष्ट्रिय भूमि आयोग कैलालीका अध्यक्ष यज्ञराज उपाध्याय, राष्ट्रिय भूमी आयोग जिल्ला कञ्चनपुरका सदस्य दिल बहादुर देउवा, नापी कार्यालय धनगढीका प्रमुख सुदर्शन धामी, राष्ट्रिय भूमी आयोग जिल्ला समिति सदस्य कञ्चनपुरका पार्वती नेगी, नापी कार्यालय कञ्चनपुरका प्रमुख एवम् राष्ट्रिय भूमी आयोगका सदस्य सचिव पुष्कर बहादुर पाल, मालपोत कार्यालय कञ्चनपुरका प्रमुख शिव राज भट्ट लगायतको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा स्वागत मन्तव्य वडा नं. ५ का वडा अध्यक्ष टेक पाण्डेबाट सुरु भएको कार्यक्रमको संचालन नगरपालिकाका सूचना अधिकारी प्रेम बोगटीले संचालन गरेका थिए ।

कार्यक्रममा बोल्नु हुँदै माननीय मन्त्री रन्जिता श्रेष्ठ चौधरी 

Loading...