गोदावरी नदीमा डुबेर एक किशोरको मृत्यु

धनगढी- कैलालीको गोदावरी नगरपालिका– १ बनदेवी टोलका १४ वर्षीय सागर खडायतको नदीमा डुबेर मृत्यु भएको छ । शनिवार गोदावरी नगरपालिका – २ मा रहेको गोदावरी नदीमा डुबेर उनको मृत्यु भएको हो ।

Dadeldhura hospital

नदीमा डुबेर अचेत भएका सागरको उपचारका लागि अत्तरिया अस्पतालमा ल्याइएको थियो । थप उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पठाइएका सागरको उपचारकै क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गणेश बरालले जानकारी दिएका छन् ।

Navadurga sun
Godawari sandesh

सागर कैलालीको अत्तरियामा रहेको गुराँस एकेडेमी अत्तरियामा कक्षा ८ मा अध्ययनरत थिए । उनको मृत्युको शोकमा आइतबार विद्यालयमा शोक बिदा दिइएको विद्यालयका प्रिन्सिपल डम्बर कडायतले बताएका छन् ।

Loading...