
बैतडी- बैतडी घर भएका मोडेल रोहित जोशीको भारतमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । जिल्लाको पुर्चौंडी नगरपालिका–१ डाँडाकोट घर भएका २३ वर्षीय मोडेल रोहित जोशी (लायन जोशी) को मोटरसाइकल दुर्घटनामा परी भारतमा मृत्यु भएको हो ।


मुम्बई बाट दिल्ली आउँदै गरेका जोशीको बिहीबार मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको बताइएको छ । मोटरसाइकलको पछाडि सवार जोशीको घटनास्थलमै मृत्यु भएको उनका आफन्तले बताएका छन् । जोशी म्युजिकल भिडियोको अडिसनका लागि भारत गएको बुझिएको छ । जोशीले केही नेपाली गीतहरूको भिडियोमा अभिनय गरेका छन् ।

