कञ्चनपुरको दक्षिणी क्षेत्रमा विद्युत् अवरुद्ध

कञ्चनपुर- कञ्चनपुरको दक्षिणी क्षेत्रमा शनिवार बिहानैदेखि विद्युत् लाइन अवरुद्ध भएको छ । शुक्रवार रातिदेखि परिरहेको अविरल वर्षका कारण मैनाह–चान्देव जङ्गलमा ३३ के भि लाइनमा रुख पर्दा लाइन अवरुद्ध भएको हो । मैनाह–चान्देव जङ्गलमा ५ वटा पोलमा रुख पर्दा तार चुँडिएको बेलौरी वितरण केन्द्रका प्रमुख कपिल जोशीले बताए ।

Dadeldhura hospital

‘अरिवरल वर्षाका कारण जङ्गलमा रुख ढलेर ३३ केभी लाइनको तार चुँडिएको छ,’ प्रमुख जोशीले भने, ‘प्राविधिक टोली बिहानै फिल्डमा पुगेको भएता पनि वर्षाले काम गर्न अप्ठ्यारो भइरहेको छ ।’ थोरै पानी पर्दा , हावाहुरी आउँदा दक्षिणी क्षेत्रमा विद्युत् लाइन अवरुद्ध हुने गरेको छ । जसका कारण स्थानीय हैरान छन्।

Navadurga sun
Godawari sandesh

कलुवापुर बेलौरी सडक खण्ड भएर आउने ३३ के भि लाईन अन्तरगत जङ्गल पर्ने गर्छ । बेलौरी वितरण केन्द्र बेलौरीका अनुसार जङ्गलबाट ल्याइएको तारमा रुख ढल्ने , हाङ्गा लाग्ने लगायत समस्या आउँदा लाइट छिन छिनमा आउने, जाने गरेको छ ।

दक्षिणी क्षेत्रका स्थानीयहरूले कलुवापुर९बेलौरी सडक खण्डमा विद्युतीय तारलाई अन्डरग्राउन्डबाट ल्याउन बेला बेला माग उठाउँदै आइरहेका छन् ।

Loading...