

धनगढी- कैलाली कारागारबाट लागु औषधसहित एक जना पक्राउ परेका छन् । कारागारमा आफन्तलाई भेट्न आएका धनगढी उप–महानगरपालिका–३ चटकपुरका २५ वर्षीय भीम बोगटी लागु औषधसहित कारागारबाट पक्राउ परेका हुन् ।



उनी कैलाली कारागार कार्यालयमा जवस्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका ३१ वर्षीय करन बमलाई भेट्न कारागारमा आएका थिए ।


बोगटीलाई चेकजाँच गर्ने क्रममा स्याम्पुको डिब्बा भित्र लुकाई ल्याएको १३ ग्राम ९ब्राउन सुगर० फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनीमाथि लागु औषध मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।