आज राष्ट्रिय धान दिवस, कैलालीमा २२ प्रतिशत रोपाइँ

धनगढी- आज देशभर राष्ट्रिय धान दिवस मनाइँदै छ । सुदूरपश्चिम प्रदेशमा पनि विभिन्न कार्यक्रम गरी दिवस मनाइने भएको छ । यो वर्ष जलवायु ‘अनुकूलित कृषक मैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ २०औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव २०८० मनाउन लागिएको छ ।

Dadeldhura hospital

यसैबीच सुदूरपश्चिमका राजधानी तथा प्रदेशकै सबैभन्दा बढी धान खेती हुने कैलाली जिल्लामा २२ प्रतिशत रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्र धनगढीका प्रमुख खगेन्द्र प्रसाद शर्माका अनुसार यहाँ हालसम्म २२ प्रतिशत मात्रै रोपाइ भएको हो ।

Navadurga sun
Godawari sandesh

कैलालीको अधिकांश जमिनमा सिँचाई सुविधा नभएको बताउँदै उनले मनसुन पनि ढिला प्रवेश गरेकोले कम रोपाइ भएको उल्लेख गरे ।उनका अनुसार जिल्लाको भजनी, जोशीपुर र कैलारी गाउँपालिका क्षेत्रमा बढी रोपाइ भएको उनको भनाइ छ ।

Loading...