कञ्चनपुर- कञ्चनपुरमा घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ। जिल्लाको भीमदत्त नगरपालिका–२ उल्टा खाम बस्ने ६७ वर्षका देवीलाल शाहको बिहीबार बिहान करिब पौने २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।



उनी बुधवार शुक्लाफाँटा नगरपालिका १० शान्ति पथ बस्ने भतिजा दानबहादुर शाहको घरमा गएका थिए। सुत्नलाई छतमा गईरहेको अवस्थामा एक तले घरको छतबाट खस्दा गम्भीर घाइते भएका थिए।


उपचारको लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा ल्याएकोमा डाक्टरले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको प्रहरीको भनाइ छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।