कांग्रेस युवानेता भण्डारीद्वारा मोबाइल क्वारेन्टाइन निर्माण संगै स्वास्थ्य सामग्री बितरण

अत्तरिया, २९ जेठ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहित शिर्ष नेताको निर्देशनुसार नेपाली कांग्रेसले सुदुरपश्चिममा १८०० अक्सिजन सिलेन्डर बाडिरहेका नेपाली कांग्रेसका युवानेता क्षितिज भण्डारीले मोबाइल क्वारेन्टाइन निर्माण र स्वास्थ्य सामग्री बितरण प्रारम्भ गरेका छन् ।

युवानेता भण्डारीले अब १४औं महाधिवेशन भाद्र १६-१९ काठमाडौमा हुने अनि क्रीयाशिल सदस्यता छानबिन समितिको म्याद २० असारसम्म थप गरिएको जानकारी गराउदै असार २४ मा मतदाता नामावली सार्वजनिक र साउन ६ बाट वार्ड अधिवेशन शुरुको निणर्य आजको शिर्षनेता बैठक सहमति भएको तर औपचारिक निणर्य केन्द्रीय समितिको बैठकले गर्ने बताए ।

Navadurga sun

नेता भण्डारीले बागमति प्रदेश सभा सांसद नरोत्तम वैधले नाथुराम गोड्से जन्माउने र ओलिको हत्या गर्ने कुरा गरेर कांग्रेसको छवि बिगारेकोले आत्मलोचना गर्दै माफी माग्नुपर्ने समेत बताएका छन् ।  कांग्रेसले शान्तिपूणर् राजनीतिक वातावरण बिथोल्ने वाहियात बहस छोडेर महाधिवेशनमा केन्द्रित हुँदै सरकार विरुद्धमा शान्तिपूणर् आन्दोलन कसरी गर्ने? कोरोना पीडित जनतालाई कांग्रेसले राहत र सहयोग दिएर संगसंगै सामाजिक सन्जालबाट आन्दोलनको शैली बारे जनमत लिनुपर्ने बताए ।

उनले अब कांग्रेसले नेपाली नागरिकलाई स्वयं घरमा कालो झन्डा टाँग्न, ब्ल्याक आउट गर्ने, सडकमा भ्रष्टाचारीको सान्केतिक मलामी लैजान, शंख, सिटि वा थाल ठटाउदै नयाँ शैलीको सामाजिक दुरि सहितको बिद्रोह होईन बिरोध कार्यक्रममा विपक्षी गठबन्धनको नेतृत्व गर्नुपर्ने सुझाव नेतृत्वलाई जिल्ला सभापति नरनारायण शाह सहित ९ जिल्ला सभापति मार्फत पठाईने बताए ।

ब्रम्हकुमारी बिश्वविद्यालय एवं आश्रम अत्तरियामा भारतबाट भोलि फर्कने ब्यक्तीहरुबाट सम्भाबित कोरोना संक्रमणबाट जोगाउन नेपाली कांग्रेसको तर्फबाट निःशुल्क ड्राई क्वारेन्टाइन निर्माणकार्यको सम्पुणर् सामग्री बक्सामा प्रमुख अतिथी हरिष खड्काद्वारा हस्तान्तरण गरियो । साथै क्वारेन्टाइन बसाईपछि पनि निःशुल्क पिसिआर, एम्बुलेन्स, अक्सिजन सिलेन्डर र उपचारको जिम्मेवारी समेत लिदै प्रमुख अतिथी नेका क्षेत्रीय सभापति हरिश खडकाले अब कांग्रेसले आन्तरिक चुनाव, शान्तिपूणर् आन्दोलन र जनताको घरदैलोमा राहत अभियानको नेतृत्व गर्नुपर्ने समेत बताए । सो कार्यक्रममा नेबिसंघका केन्द्रिय नेता देवराज ओझा, जगतराम महरा, गणेश भट्ट र प्रेस युनियन कैलालीका हेमराज भट्ट लगायतको उपस्थिति समेत रहेको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...