कञ्चनपुरमा टिप्पर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कञ्चनपुर- कञ्चनपुरको पुनर्वासमा टिप्पर र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मंगलवार बिहान पुर्नवास नगरपालिका–५ सिमरीमा धनगढी तर्फ गईरहेको सु प प्र०१९००१ क २२०० नम्बरको टिप्परसङ्ग विपरीत दिशाबाट हुलाकी सडकमा आइरहेको से ४ प २२७१नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक सिमरी गाउँ बस्ने ६२ वर्षीय मोतीलाल राना गम्भीर घाइते भएका थिए।

दुर्घटनामा गम्भीर घाइते भएका रानाको उपचारका क्रममा धनगढीस्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक रानाको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको छ ।

Navadurga sun

टिप्पर ,चालक र मोटरसाइकल नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले बताए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...