गेटामा विश्वविद्यालय बन्न दिन माफियाले अवरोध गरिरहेका छन् : लेखराज भट्ट

धनगढी- नेकपा एमालेका सचिव लेखराज भट्टले मेडिकल माफियाको चलखेल र सत्तामा बसेकाहरुको अनिच्छाका कारण गेटामा मेडिकल विश्वविद्यालय बनाउन अवरोध भएको बताएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधामन्त्री हुँदा विश्वविद्यालय बनाउने प्रक्रिया अघि बढाए पनि सरकार ढलेपछि प्रक्रिया नै रोकिएको भट्टले दाबी गरे ।

Navadurga sun

प्रेस चौतारी कैलालीले सोमबार अत्तरियामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव भट्टले एमालेकै अगुवाइमा गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गराउन सफल भएको तर बजेटसम्म आइपुग्दा मन्त्रिपरिषद्को निर्णय नै उल्ट्याउने काम भएको बताए ।

‘हामीले सर्वदलीय बैठक बसेर प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्दै क्याविनेटबाट विश्वविद्यालय निर्माण गर्ने निर्णय गरायौँ, उहाँले जनताका बीचमा पनि त्यो कुरा भनेर जानुभयो तर नीति तथा कार्यक्रम हुँदै बजेटसम्म पुग्दा प्रतिष्ठानका रुपमा राखियो’, भट्टले भने।

मेडिकल विश्वविद्यालय बन्न नदिन माफियाहरुले चलखेल गरिरहेको भट्टले आरोप लगाए । ‘जसको सरकार छ उहाँहरुकै सांसदले विश्वविद्यालय चाहिदैन भन्दै सदनमा भाषण गरेको सुनेँ,’ भट्टले भने, ‘अर्थमन्त्रीले प्रतिष्ठान, मेडिकल कलेज र विश्वविद्यालय उस्तै हो भनेर भन्नुभयो ।

यसले कि उहाँलाई ज्ञान छैन कि बुझ पचाएको जस्तो गर्दै हुनुहुन्छ।’ भट्टले गेटा मेडिकल विश्वविद्यालय निर्माण गर्न सदनदेखि सडकसम्म आन्दोलन चर्काउने बताए ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...