कृष्णपुर नगरपालिकाले ल्यायो ८९ करोड ६७ लाख बराबरको बजेट,स्वास्थ्य, शिक्षा र कृषि प्राथमिकतामा

गुलरीया- कञ्चनपुरको कृष्णपुर नगरपालिकाले “शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र उद्योग, आत्मनिर्भर कृष्णपुरमा श्रोतको सदुपयोग” भन्ने मूल नाराका साथ तेहौं नगर सभा आईतवार सम्पन्न गरेको छ ।

Navadurga sun
Godawari sandesh

कृष्णपुर नगरपालिकाले ८९ करोड ६७ लाख बराबरको बजेट सार्वजनिक गरेको हो । तेहौं नगर सभाले आगामी आर्थिक बर्ष २०८०/०८१ को नीति तथा बजेट कार्यक्रम पारित गरिएको छ ।

आईतबार नगरपालिकाको सभाहलमा नगरप्रमुख हेमराज ओझाको अध्यक्षतामा सम्पन्न उक्त नीति तथा बजेट कार्यक्रम नगर उपप्रमुख द्रोपती रानाले बजेट प्रस्तुत गरेकी हुन ।

Dadeldhura hospital

नगरपालिकाले अघिल्लो आर्थिक वर्ष २०७९/०८० का महत्वपूर्ण योजनाहरुलाई निरन्तरता दिदै आ.व.२०८०/०८१ को बजेट ल्याएको हो । नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि स्वास्थ्य, शिक्षा र कृषीलाई बढी प्राथमिकता दिइएको छ ।

– स्वास्थ्य
नगरबासीलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन विशेषज्ञ कृष्णपुर स्वास्थ्य चौकी रहेको क्षेत्रमा सुविधा सम्पन्न नगर अस्पताल निर्माणदेखि, निःशुल्क स्वास्थ्य शिविर, ९ वटै वडाका नागरिकलाई पायक पर्ने गरि ३ ओटा एम्बुलेन्सको व्यवस्था,महामारी नियन्त्रणका लागि कोषको स्थापना, शव व्यवस्थापनका लागि शव बाहानको व्यवस्था, खोप केन्द्रलाई थप प्रभावकारी बनाउने लगायतका योजनाहरु नीति तथा कार्यक्रममा समावेश छन् ।

– शिक्षा
प्रारम्भिक स्कुल जाने विद्यार्थीका लागि बाल विकास केन्द्रको स्थापना देखि,सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि विभित्र किसिमका अनुदान प्रदान गरिने,हरित विद्यालय योजना संचालन गरिने, सार्वजनिक विद्यालयमा ५५ वर्ष उमेर पुगी पेन्सन सुविधा भएका सेवा छोड्न चाहाने स्थायी शिक्षकहरुलाइ प्रोत्साहनका लागि नगद अनुदान दिइने, दरबन्दी मिलानलाई थप प्रभावकारी बनाइने नीति नगरपालिकाले लिएको छ ।

– कृषि तथा पशुपंक्षी
युवा स्वरोजगारका लागि कृषि भन्ने मुल ध्ययका साथ कृषि तथा पशुपंक्षी क्षेत्रलाई नीति तथा कार्यक्रममा समावेश गरेको छ । नगरपालिकाले सामुहिक कृषि खेतीलाई गर्नेलाई प्रोत्साहन गर्ने नीति लिएको छ । वडा न १, २ र ३ तथा वडा न ७, ८ र ९ का सबै नागरिकलाई पाएक पर्ने गरि दुई स्थानमा कृषि सेवा केन्द्र स्थापना गरि प्राविधिकको समेत व्यवस्था मिलाइने नीति तथा कार्यक्रममा भनिएको छ । मेयर कृषि कार्यक्रम, वडा न ४ को उत्तरी बेल्टलाई मौरी पालन पकेट क्षेत्र बिस्तार, कृषि मिटर अनुदानमा सहुलियत लगायत योजना कृषिमा रहेका छन् ।

– युवा तथा खेलकुद
एक वडा एक खेलकुद मैदान यसै आर्थिक वर्षबाट बनाउन सुरुवात गरिने बताइएको छ । त्यसैगरी नगरपालिका भित्र रंगशाला निर्माणमा जोड दिइने, मादक पदार्थ, धूम्रपान, लागू औषध जस्ता दुर्व्यसनबाट रोक्न विद्यालय, क्याम्पस, सरकारी संस्था र क्लबहरुसँग सहकार्य गरिने बताइएको छ । साथै मेयर कप फुटबल तथा कृकेट कप आयोजना गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

सामाजिक सुरक्षा, वित्तीय क्षेत्र, रोजगारी र आप्रवासन क्षेत्रका लागि लाई नीति तथा कार्यक्रम प्राथमिकताका साथ समावेश गरिएको छ । उद्योग तथा वातावरण, पर्यटन तथा संस्कृति, सहकारी क्षेत्रलाई व्यवस्थित, खानेपानी तथा सिचाइ, सुरक्षा, सूचना प्रविधि लगायत क्षेत्रलाई पनि विशेष प्राथमिकताका साथ कृष्णपुर नगरपालिकाले नीति तथा कार्यक्रममा समावेश गरेको छ ।

Loading...